मिति : २०८२।१२।१५
पत्रकार अमितकुमार विश्वकर्माको ४० वर्षको अल्पायुमै २०८२ चैत्र ११ गते उपचारका क्रममा चितवनस्थित भरतपुर अस्पतालमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।
महासंघ नवलपुर शाखाका सदस्य विश्वकर्मा नवलपुरमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव