सडक विभागले काटेको रुख ढलेर पत्रकार प्रेमनाथ पौडेल र उनका दाजु घाइते भएको खबरले नेपाल पत्रकार महासंघ दुःखी

 

मिति : २०८२।१२।१३


सडक विभागले काटेको रुख ढलेर पत्रकार प्रेमनाथ पौडेल र उनका दाजु घाइते भएको खबरले नेपाल पत्रकार महासंघ दुःखी भएको छ ।
यही चैत्र ११ गते सर्लाहीबाट महोत्तरीको बर्दिवासतर्फ जाने क्रममा उहाँहरु सवार मोटरसाइकलमाथि रुख ढलेर च्यापिदा पौडेलको कुहिनामा गहिरो चोट लागेको र दाहिने खुट्टाको हड्डी भाचिएको महासंघ सर्लाही शाखाले जनाएको छ ।

घटनाको प्रकृति हेदाँ रुख काट्दा सडक विभाग, विभागका कर्मचारी र कामदारले सडकमा गुड्ने सवारी साधनलाई ध्यान नदिइ लापरवाही गर्दा यस्तो घटना घटेको शाखाको भनाइ छ । पूर्व—पश्चिम राजमार्ग विस्तारका क्रममा रूख काट्दा सडक सुरक्षामा ध्यान नदिएको देखिन्छ ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन, घाइतेको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन तथा क्षतिपूर्ति दिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।
साथै, महासंघ उपचारका लागि काठमाडौं ल्याइएका  पौडेलको पूर्ण र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।


रामप्रसाद दाहाल
महासचिव